इन्काउन्टरमा दुई जना अपहरणकारीको मृत्यु

इन्काउन्टरमा दुई जना अपहरणकारीको मृत्यु

श्रावण २१, आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन ।

घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।onlinekhabar

प्रतिक्रिया दिनुहोस्