क्यानाडा पठाइदिने भन्दै १ करोड ३८ लाख रुपैयाँ लिएर फरार संगिता पक्राउ

क्यानाडा पठाइदिने भन्दै १ करोड ३८ लाख रुपैयाँ लिएर फरार संगिता पक्राउ

मंसिर १५, काठमाडौं । क्यानाडा पठाइदिने प्रलोभन देखाएर ६ जना व्यक्तिबाट १ करोड ३८ लाख रुपैयाँ लिएर फरार भएकी गोकर्णेश्वर नगरपालिका–१ निवासी, ३८ बर्षीया संगीता अधिकारी रायमाझीलाई अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघको सहयोगमा अपराध अनुसन्धान महाशाखाको टोलीले हिजो राजधानीको पेप्सीकोलाबाट पक्राउ गरेको छ । करिव ७ वर्ष अघि स्थापना भएको अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघका अध्यक्ष दोलखास्थित मिर्गे निवासी दीपक राउत र महासचिव मोरङ निवासी पर्वत निरौला हुन् ।

वैदेशिक रोजगार पीडित तथा परामर्श संघका अध्यक्ष दीपक राउत ।

 

आजका सबै जसो राष्ट्रिय मिडियाहरुले राष्ट्रिय फूटबल टिमका चर्चित फूटबलर तथा सर्वाधिक गोलकर्ता मध्येका एक निराजन रायमाझीकी श्रीमति संगितालाई संघको सहयोगमा पक्राउ गरिएको समाचारलाई प्रथामिकताका साथ समेटेका छन् । राष्ट्रका गहना मानिने खेलाडीकी श्रीमति नै ठगि धन्दामा पक्राउ पर्नु एउटा गम्भिर विषय बनेकोले अन्य उच्च पदस्थ व्यक्तिहरुको पनि ठगि धन्दामा हात हुन सक्ने संघका अध्यक्ष राउतको विश्लेषण छ । वैदेशिक रोजगार पिडितहरुको अवस्था दयनिय रहेको भन्दै यो सफलताले पिडितको पक्षमा काम गर्ने थप हौसला मिलेको तर्क गर्दछन् संघका महासचिव निरौला ।
ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले फरार रहेकी अधिकारीलाई हिजो पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नवीन तामाङसँग २९ लाख र धिरेन्द्रकुमार पुलामीसँग २२ लाख, दोलखाका सुदीन खड्कासँग २७ लाख २० हजार तथा भक्तपुरका रामकृष्ण सुवालसँग १९ लाख ९० हजार र डेकराज कार्कीसँग १९ लाख तथा जयराम सुकुभुटुसँग २० लाख रकम लिएको संघका अध्यक्ष राउतले जनाएका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले पनि अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघले पिडितको लागि सक्रिय भएर काम गरेको भन्दै संघको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.