डिसेम्बर १ बिश्व एड्स दिवस : नयाँ एचआइभी संक्रमण दर ८० प्रतिशतले घटयो

डिसेम्बर १ बिश्व एड्स दिवस : नयाँ एचआइभी संक्रमण दर ८० प्रतिशतले घटयो

मंसिर १५, संयुक्त राष्ट्रसंघले सन् १९८८ मा गरेको घोषणा अनुसार प्रत्येक बर्ष डिसेम्बर १ मा एड्स दिवस मनाईन्छ। एड्स दिवस मनाउनुको उद्देश्य पनि यसै लक्ष्यबारे स्मरण गरी जनचेतना फैलाउनु, एड्स विरुद्ध हुने सवै खालका गतिविधिहरुबारे जानकारी आदान(प्रदान गर्दै यस रोगका कारण मृत्यु भएका मानिसहरुको सम्झना गर्नु हो।

सन् १९८८ यताको आँकडा विश्लेषण गर्दा चारमध्ये तीनजना एचआईभी संक्रमितलाई आफनो अवस्थाका बारेमा जानकारी छ तर युएनएड्सको रिपोर्टका अनुसार आफ्नो अवस्था थाहा नपाएका संक्रमितसम्म पहुँच पुर्‍याउन तथा उनीलाई गुणस्तरीय सेवा प्रदान गर्न अझै धेरै प्रयासको आवश्यकता रहेको औँल्याइएको छ। एड्स सबैभन्दा पहिले सन् १९८१ मा संयुक्त राज्य अमेरिकामा पत्ता लागेको थियो। नेपालमा सन् १९८८ अर्थात् वि.सं २०४५ सालतिर पहिलोपटक एचआईभी संक्रमण पत्ता लागेको थियो।

एचआईभी संक्रमणको उत्पत्ति मध्यपश्चिम अफ्रिकाका बाँदर र चिम्पान्जी हुँदै २०औँ शताब्दीको सुरुवाततिरै मानव जातिमा सरेको मानिन्छ। एचआईभी एड्स अहिले संसारकै लागि चुनौती बनेको छ। विधिवत रूपमा एचआईभी एड्स पत्ता लागेयता झण्डै साढे तीन करोड मानिसले ज्यान गुमाइसकेका छन्।

हालसम्म एचआईभी एड्स नियन्त्रण वा निको पार्ने कुनै औषधि पत्ता नलागिसकेको अवस्थामा युएन एड्सले सन् २०२० सम्म हासिल गर्नेगरी ९०–९०–९० को लक्ष्य तर्जुमा गरेको छ। विश्वव्यापी रूपमा नै महत्वाकांक्षी मानिएको यो लक्ष्य हासिल गर्न निकै चुनौतीपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.