‘मोडल हन्ट नेपाल २०१८’का लागि ५० प्रतियोगी

‘मोडल हन्ट नेपाल २०१८’का लागि ५० प्रतियोगी

श्रावण २१, महिला र पुरुषबीचको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१८’का लागि ५० प्रतियोगी छानिएका छन्।

राजधानीमा शनिवार सम्पन्न अडिसनमा २५ पुरुष र २५ महिला गरी ५० प्रतियोगी छनौंट भएका हुन् । अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, अभिनेत्री तथा मोडल सिर्जना रेग्मी, कोरियोग्राफर रोजिन शाक्य, गतवर्षको उपाधि विजेता विक्रम आदित्य महासेठ, ‘फष्ट रनरअप’ सिम्रन खड्कालगायतले प्रतियोगी छनौंट गरेको हो ।

periactin buy online, purchase lioresal.

आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने बताइन्।

प्रतिक्रिया दिनुहोस्