काँडाघारीमा ११ वर्षीय बालक अपहरित भएकाे अाशंका

काँडाघारीमा  ११ वर्षीय बालक अपहरित भएकाे अाशंका

श्रावण २१, काठमाडौंको काँडाघारीबाट एक ११ वर्षीय बालक अपहरित भएकाे अाशंका गरिएकाे छ। आइतबार बेलुका हराएका निसान्त खड्कालाई अपहरण गरिएको प्रहरीले आशंका गरेको छ।

खड्काको परिवारलाई अज्ञात समूहले फोन गरी मोटो रकम मागेपछि बालक अपहरणमा परेको हुन सक्ने प्रहरीको आशंका छ। महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बालक अपहरणमा परेका हुन् वा हराएका हुन भन्ने एकिन भइनसकेको बताए।

उनका अनुसार हिजो रातिदेखिनै प्रहरीले खोजी कार्य जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्