यो जितलेआगामी दिनका लागि मद्दत गर्छ: कप्तान पारस खड्का

यो जितलेआगामी दिनका लागि मद्दत गर्छ: कप्तान पारस खड्का

श्रावण २१,  नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले यो जितले नेपाली क्रिकेटको आगामी दिनका लागि मद्दत गर्ने बताएका छन् । लर्डस्  मैदानमा त्रिकोणात्मक टी-२० सिरिज खेलेको नेपालले नेदरल्याण्ड्समा एकदिवसीयको डेब्यू सिरिज खेल्यो ।

buy Sildalis online, purchase lioresal.

पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा रोमाञ्चक रुपमा १ रनले विजयी भएको थियो, जसमा अन्तिम ओभर कप्तान खड्काले बलिङ गरेका थिए ।

एकदिवसीय यात्रा थालेको दोस्रो खेलमा जित हात पारेको नेपाली टोली सोमबार स्वेदश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलगायतले खादा तथा माला लगाएर स्वागत गरे्का छन् ।

कप्तान पारसले यस्ता सिरिज अझै खेल्ने अवसर पाउँदा नेपाली क्रिकेटको विकासमा थप सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्