ललितपुर र भक्तपुरका केही क्षेत्र डुबानमा

श्रावण २१, अबिरल वर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् ।

 शान्तिनगर, बानेश्वर, बल्खु, टेकुका सुकुम्बासी बस्ती डुबानले बढी प्रभावित भएका छन् ।

शान्तिनगरका १५–२० घर डुबानमा परेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा विपत व्यवस्थापनको टोली परिचालन गरिएको छ ।

प्रहरीका अनुसार बल्खुको सुकुम्बारी बस्तीमा दुई–तीन Viagra soft FRUIT without prescription, clomid online. घर डुबेका र पाँच–छ घर जोखिममा परेका छन् ।

ललितपुरको गोदावरी खोला किनारका केही क्षेत्र पनि डुबानको खतरा रहेकाले सतर्कता अपनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार ललितपुरकै लाँकुरी भञ्ज्याङ, भट्टेडाँडालगायत क्षेत्रका सडकमा पहिरो झरेर बाटो अवरुद्ध छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्