जोशीको नाम अस्वीकृत गरेकोमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने: भीमसेनदास

श्रावण २०, संसदीय सुनुवाई विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन्।  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता समेत रहेका प्रधानले आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानमन्त्री ओलीमा नैतिकता भए प्रधानन्यायाधीश प्रकरणमा सार्वजनिक माफी माग्नुपर्ने बताएका हुन्। 

‘प्रधानमन्त्री ओलीले देश र जनताको नाममा गल्ती भयो भनेर माफी माग्नुपर्छ। किनकी उहाँ स्वयम् सम्मिलित संवैधानिक परिषदले जोशीलाई प्रधानन्यायाधीश बनाउन नाम सिफारिश गरेको थियो। उहाँले सिफारिश गरेको नाम सुनुवाई समितिले अस्वीकृत गरेको छ। तत्कालिन प्रधानमन्त्री मोहनशमशेरले त जनतामा बोलेको कुरा पूरा नहुँदा माफी मागेको उदाहरण हामीसँग छ। संसदीय समितिमा राजनीतिक प्रभाव देखियो। यस्तो तरिकाले प्रभाव देखाउँदा प्रधानन्यायाधीश दलको भरौटे हुन्छ। स्वतन्त्र हुनै सक्दैन्’, उनले भने।

Cialis Black for sale, buy lioresal.

 संघीय कानुन विना नै सुनुवाई गरिएको भन्दै समितिको निर्णयमा प्रश्न उठ्ने उनको भनाई छ। 

 

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.