गंगामायाका छोरा नुरप्रसाद नियन्त्रणमा

श्रावण २०, गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई नियन्त्रणमा लिएको छ । गंगामायाकै आग्रहमा प्रहरीले उनको खोजी गरेको हो ।

 

हालै मात्र अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार आयोगसमक्ष आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् ।

त्यसअनुसार अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन सानेपाबाट नियन्त्रणमा लिएको हो । प्रक्रिया पुरा गरेर उनलाई बुझाइने महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अनसन बसेपछि नुरप्रसाद वेपत्ता भएका थिए ।

अनसनकै क्रममा नन्दप्रसादको निधन भयो । तर, उनी आमाको सम्पर्कमा थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस्