नेपाली राष्ट्रिय क्रिकेट टोली सफलता हासिल गरी नेपाल आउँदै

श्रावण २०, पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सफलता हासिल गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान नेपाल आउँदैछ  । नेदरल्याण्ड्समाथि दोस्रो तथा अन्तिम खेलमा एक रनको सनसनीपूर्ण जित हासिल गरेसंगै नेपालले कीर्तिमानी जित हात पारेको थियो । 

विश्वकप नै खेलिसकेको टिमलाई हराउन सजिलो नभए पनि नेपालले नेदरल्याण्ड्सलाई उसकै भूमिमा हराएर नयाँ अध्याय थालेको छ । सोमपाल कामी थप अलराउन्डर सावित भएका छन् । उनले दुई खेलमा ४ विकेट लिए भने एकै इनिङमा ६१ रन बनाएर नेपालका तर्फबाट कीर्तिमान रचेका छन् । पारस खड्काले कप्तानी इनिङ खेलेका छन् । उपकप्तान ज्ञानेन्द्र मल्ल पुनः फर्ममा फर्केका छन् । 

रोहितकुमार पौडेल कम उमेरमै एक दिवसीय खेल्ने विश्वकै चौथो खेलाडी बनेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

cheap essay help