विराटनगरमा शुरु भयो घरघरमा पाइपवाट ग्याँस पुर्याउने अभियान

श्रावण १९,  विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा घरघरमा पाइपवाट ग्याँस पुर्याउने अभियान चलेको छ । गौसेवा सदनले स्थानीयको घरघरमा पाइप विछ्याएर वायोग्याँस पुर्याएउने काम अन्तिम चरण पुर्याएको हो ।  

गौशला भित्र रहेका २ सय ७ वटा गाईको गोवर संकलन गरी उत्पादन गरिएको वायोग्याँस स्थानीयको चुलोसम्म पुर्याउनकोलागि शुरु भएको काम लगभग अन्तिम चरणमा पुगेको गौसेवा सदनका प्रबन्धक सन्तोष यादवले बताए ।

गौशलादेखि करिब ३ सय मिटर टाढा रहेका ३२ वटा घरमा पहिलो चरणमा वायोग्याँस जडान गरिसकिएको यादवले जानकारी दिए ।

शुक्रबार मात्रै प्राविधिकहरूले स्थानियको घर–घरमा गएर चुलो बालेर परिक्षण गरेका छन् ।  विश्व बैंकको  ८४ लाख रुपैयाँ लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धनले पाइप लाइनमार्फत स्थानीयवासीको भान्सासम्म ग्याँस बाल्न शुरु भएको यादवले वताए । 

 

प्रतिक्रिया दिनुहोस्

cheap essay help