संसदीय सुनुवाइमा फेल भए जोशी, अब के हुन्छ ?

संसदीय सुनुवाइमा फेल भए जोशी, अब के हुन्छ ?

साउन १८, काठमाडौं । आज बसेको संसदीय सुनुवाई विशेष समितिको दुई तिहाईले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन लागि अस्वीकार गर्ने निर्णय गरेको छ । यो निर्णय गरिरहदा प्रमुख विपक्षी दल कांग्रेसले भने बैठक नै बहिस्कार गरेको छ । कांग्रेस मतदान प्रकृयामै बसेन ।
नेकपाका ९ र फोरमका एक सांसदले जोशीको विपक्षमा मत हालेका हुन् । १५ सदस्यीय सुनुवाइ समितिमा राजपाबाट सदस्य रहेका लक्ष्मणलाल कर्ण जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका कारण मतदान गरेनन् । कांग्रेसका ४ सांसदले जोशीलाई अनुमोदन गर्नुपर्ने कारण लिखित रुपमै राखेका छन् । नेपालमा संसदीय सुनुवाइको व्यवस्था भएपछि त्यसको मारमा पर्ने दीपकराज जोशी पहिलो उच्च ओहोदाका हुन् ।

प्रतिक्रिया दिनुहोस्