भलिबलको इतिहासमा पहिलो पटक फ्रेन्चाइजीमा आधारित महिला लिग

भलिबलको इतिहासमा पहिलो पटक फ्रेन्चाइजीमा आधारित महिला लिग

श्रावण १८,  नेपाली भलिबलको इतिहासमा पहिलो पटक फ्रेन्चाइजीमा आधारित महिला लिग हुने भएको छ ।

नेपाल भलिबल संघले भारतको गैरसरकारी संस्था आधी–आवाधी फाउण्डेसनसँग मिलेर महिला भलिबल लिग प्रतियोगिता आयोजना गर्न लागेको हो । लिग आगामी असोज १५ गते देखी २१ गते सम्म संचालन हुनेछ । नेपाल भलिबल संघ र आधीअवाधी  फाउण्डेशनबीच आज लिग सम्बन्धी  १० बर्षको सम्झौता भएको छ ।
सम्झौता अनुसार लिग आयोजनाको जिम्मा आधी अवाधीले लिनेछ भने प्रायोजक पनि उसैले खोज्नेछ ।

प्रतिक्रिया दिनुहोस्