वीरगञ्जको सडकमा शव फेला

वीरगञ्जको सडकमा शव फेला

श्रावण १८, वीरगञ्ज महानगरपालिकाको सडकमा एक अधवैशे पुरुष मृत फेला परेका छन् । वीरगन्ज महानगरपालिका- ३ छपकैया आदर्शटोल घर भएका ४० वर्षीय सुनिलाल साह कानु मृत भेटिएका हुन् ।

वीरगन्ज महानगरपालिका-२ छपकैयास्थित प्रहरी बिट नजिकै सडक पेटीमा शुक्रबार बिहान साहको शव भेटिएको थियो ।

खाली पेटमा अत्याधिक मादक पदार्थ सेवा गरी रातभरी सडक पेटिमै सुतेकोले उनको मृत्यु भएको हुन सक्ने आशंका छ ।

 

प्रतिक्रिया दिनुहोस्