प्रचण्ड आज चरिकोट आउदै

प्रचण्ड आज चरिकोट आउदै

मंसिर १, चरिकोट । हृदयघातका कारण गत वर्ष मंसिर ३ गते निधन भएका प्रचण्ड पुत्र स्व. प्रकाश दाहालको स्मृतिमा आयोजना हने प्रथम प्रकाश स्मृति कप–२०७५ को उद्घाटन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” आज दोलखा सदरमुकाम चरिकोट आउदै छन् ।
सो प्रतियोगिताका संयोजक मिन कुमार शिवाकोटीका अनुसार आज विहान ११ बजे प्रचण्ड चरिकोट आउने कार्यक्रम छ । यस्तै, खेलको सम्पूर्ण तयारी पुरा भएको र अतिथि र खेलाडीहरु चरिकोट आउने क्रम जारी रहेको सो प्रतियोगिताका सह संयोजक विजय चौलागाईले बताउनु भयो ।
आज नै स्थानीय पहिचान झल्कने विविध सांस्कृतिक झांकीहरु सहित सांङगित कार्यक्रम पनि प्रस्तुत गरिने छ । यस्तै, उद्घाटन खेलमा आज नै दोलखा जिल्ला फुटबल संघ र गोरखा जिल्ला फुटबल संघ एक अर्कासंग प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.