कार्तिक ३०, चरिकोट । भोलि तथा मंसिर १ गतेदेखि दोलखाको सदरमुकाम चरिकोटमा सुरु हुने प्रथम प्रकाश स्मृति कप – २०७५ को पूर्व सन्ध्यामा आज खेलाडीहरुले चरिकोटमा भव्य र्यालीको आयोजना गरेका छन् । मोटर साइकलसहित निस्किएको र्यालीमा सहभागि भएका खेलाडीहरु उत्साहित देखिन्थे । अन्य जिल्लाका खेलाडी तथा अतिथिहरुको स्वागत र प्रकाश स्मृति कपको भव्य उद्घाटनको सन्देश प्रवाह गर्न आयोजना गरिएको र्यालीमा सहभागि प्रतियोगिताका सहसंयोजक विजय चौलागाईले बताए ।
प्रतियोगिताको उद्घाटन गर्न भोली पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चरिकोट आउने कार्यक्रम रहेको छ ।
उद्घाटनकै अवसरमा विविध स्थानीय पहिचान झल्कने सांस्कृतिक झांकीहरु सहित सांङगित कार्यक्रम पनि प्रस्तुत गरिने छ । यस्तै, भोलि नै हुने उद्घाटन खेलमा दोलखा जिल्ला फुटबल संघ र गोरखा जिल्ला फुटबल संघ एक अकासंग प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्