प्रकाश स्मृति कपले चरिकोटको माहोल तात्यो

प्रकाश स्मृति कपले चरिकोटको माहोल तात्यो

कार्तिक २९, चरिकोट । अबको दुई दिन पछि अर्थात मंसिर १ देखि ७ गते सम्म आयोजना हुने राष्ट्रियस्तरको प्रथम प्रकाश स्मृति कप का कारण यतिबेला चरिकोटको माहोल ह्यात्तै तातेको छ । फुटबल हेर्ने दर्शकदेखि खेल्ने खेलाडि र व्यवस्थापकिय काममा खटिनेहरुका कारण यतिबेला चरिकोटमा चहलपहल बढेको बताउनु हुन्छ आयोजक टोलीका सदस्यहरु मध्येका एक बिजय चौलागाई । यसैको कारण पनि चरिकोटको व्यापार व्यवसाय चलायमान हुन थालेको चौलागाईको अनुभव छ ।
रेडियोहरुमा घन्किरहेका विज्ञापन, फेसबुक र अनलाइन तथा छापादेखि टेलिभिजन च्यानलहरुमा खेल, तयारी देखि यसका अन्य पक्षहरुमा बहस चलिरहेका कारण पनि यतिबेला चरिकोटदेखि छिमेकी जिल्ला र राष्ट्रियस्तरका खेलाडिहरुको कुराकानीको विषय नै बनेको छ , प्रकाश स्मृति कप ।


दोलखा जिल्ला फुटबल संघका अनुसार प्रतियोगिताको लागि खेल्ने १२ वटा टिमको छनोट, टाइसेट, खेलका नियम र ट्रफिको प्रदर्शनी जस्ता कामहरु सम्पन्न भईसकेको छ भने फुटबल मैदान व्यवस्थापनको काम पनि करिव अन्तिम चरणमा छ ।
प्रतियोगिताको उद्घाटन, पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समापन स्व.प्रकाशकी धर्मपत्नी विना मगर द्धारा हुने प्रतियोगिताको संयोजन गरिरहेका मिन कुमार शिवाकोटीले जनाएका छन् ।


केहि दिने अघि सार्वजनिक गरिएको टाइसिट अनुसार मंसिर १ गते तथा उद्घाटनको दिन दोलखा जिल्ला फुटबल संघ र गोरखा जिल्ला फुटबल संघ एक अर्काको आमने सामने हुँदैछन् ।

प्रतियोगितामा प्रथम, द्धितिय ,तृतिय र सान्त्वना हुने टिमले क्रमशः २ लाख ५० हजार, १ लाख २५ हजार र ३०/३० नगद तथा शिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजक संस्थाले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट किपर, डिफेन्डर, स्टाइकर, हाई स्कोरर, म्याद अफ दि टुर्नामेन्टलाई पनि जनहि नगद १० हजार तथा शिल्ड, मेडल र प्रमाण पत्र दिईने छ ।

त्यस्तै, उद्घाटन र समापनमा साँस्कृतिक कार्यक्रम छ । कार्यक्रममा जेवि टुहुरे, प्रमोद खरेल, चेतन सापकोटा र माण्डपि त्रिपाठीलगायत स्थानीय कलाकारले मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.