युरोपसँगको सम्बन्ध नेपालको विकास र समृद्धिका लागि ठूलो महत्व: परराष्ट्रमन्त्री

युरोपसँगको सम्बन्ध नेपालको विकास र समृद्धिका लागि ठूलो महत्व: परराष्ट्रमन्त्री

श्रावण १७,  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले युरोपसँगको सम्बन्धले नेपालको विकास र समृद्धिका लागि ठूलो महत्व राख्ने बताएका छन् ।

पोर्चुगल, बेल्जियम र लक्जेम्बर्गको आफ्नो पछिल्लो भ्रमणबारे आज प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले युरोपबाट नेपालमा व्यापार, लगानी विस्तार र पर्यटन प्रवद्र्धनका विभिन्न सम्भावनाको खोजीका बारेमा गहन छलफल भएको बताए ।

गैरआवासीय नेपाली संघको भेलामा युरोपमा कमाएको साधन, स्रोत र प्रविधिलाई नेपालको विकास र समृद्धिमा लगाउन आग्रह गरेको बताउँदै उहाँले आफ्नो भ्रमणबाट नेपाल र युरोप बीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्