कांग्रेसका सांसदहरुले आफूहरुको माग नसुनेको भन्दै बैठक बहिस्कार

कांग्रेसका सांसदहरुले आफूहरुको माग नसुनेको भन्दै बैठक बहिस्कार

श्रावण १७,  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ ।

कञ्चनपुरकी निर्मला पन्दको बलात्कापछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएपछि सभामुखले प्रश्नउत्तर नराखेको भन्दै कांग्रेस सांसदहरुले बिरोध जनाएका हुन् ।

गृहमन्त्री थापाले सदनमा उठेका प्रश्नहरुको जवाफ दिएलगत्ते प्रश्नोत्तरको माग कांग्रेसले गरेको भएपनि सभामुख कृष्णबहादुर महाराले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समय उपलव्ध गराएका थिए ।

सभामुखले कांग्रेस सांसदहरुलाई बस्न आग्रह गर्दै अर्थमन्त्री युवराज खतिवडालाई विमा विधेयक पेश गर्न समय दिए । तर कांग्रेसका सांसदहरुले आफूहरुको माग नसुनेको र विराधकाबीच सदन सञ्चालन गरिरहेको भन्दै बैठक चलिरहेकै बेलामा बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.