विश्व शंखेकिरा दौड प्रतियोगिता बेलायतमा

विश्व शंखेकिरा दौड प्रतियोगिता बेलायतमा

श्रावण १७, सन् ६० को दशकदेखि नै बेलायतमा हरेक वर्ष विश्व शंखेकिरा दौड प्रतियोगिताको आयोजना हुँदै आएको छ । प्रतिस्पर्धामा विश्वभरका शंखेकिराले भाग लिन्छन् ।

रोयटर्सका अनुसार, यो वर्षको शंखेकिरा दौड प्रतियोगिता गत शनिबार आयोजना गरिएको छ । प्रतियोगितामा डेढ सयभन्दा धेरै शंखेकिराले भाग लिए ।

विजेता शंखेकिराले निकै अनौठो पुरस्कार पाए । पुरस्कार स्वरुप शंखेकिरालाई निकै मन पर्ने सलादका पातले भरिएको चाँदीको भाँडो टक्राइएको थियो ।

शंखेकिरा दौड प्रतियोगितामा योपटक लेरी नामको शंखेकिरा पहिलो भयो । यसले ३३ सेमी दूरी २ मिनेटमा पार गर्यो ।

लेरीको जितबाट उसकी मालिक्नी तारा बिसले निकै खुसी छिन् । खुसीयालीमा उनले लेरीलाई तीनवटा अंगुर इनाम दिइन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्