आजदेखि नेपाल संवत ११३९ सुरु म्हः पूजा पनि आजै

आजदेखि नेपाल संवत ११३९ सुरु म्हः पूजा पनि आजै

कार्तिक २२ । आज नेपाल संवत् ११३९ को अवसर मा देशभर विविध कार्यक्रमहरु गरी मनाइँदैछ । यसलाई नेवार समुदायले नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७९इसं ८८०० मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत शुरुवात गराएका थिए । गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको भनाई छ ।
आजै नेवार समुदायले म्हः तथा आत्म को पूजा पनि गर्ने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद्हरु बताउछन् आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.