डोटेली किशोरीहरुले खेल्ने भैलो यस्तो

डोटेली किशोरीहरुले खेल्ने भैलो यस्तो

कार्तिक २१, डोटी । विशेषगरि लक्ष्मी पूजाको दिन नारीहरुले समूहमा मिलेर नाच्दै गाउने गित नै भैलो हो । प्रविधिको विकास र विदेशी संस्कृतिको नक्कल गर्ने बानीका कारण लाउड स्पिकरको सहायतामा भैलो खेल्ने प्रचलन अहिलेको संस्कार बनेको छ ।
विकिपेडियामा जनाइए अनुसार डोटेली किशोरीहरुले खेल्ने भैलोको लय :


औसी बार, गाईका त्यार — भैली रि भैली
त्यारैका बार , धर्मता वार — भैली रि भैली
धर्मकी खोली ,पैसाकी झोली— भैली रि भैली
तीनपैसी माझ, अरेनतरे — भैली रि भैली
पिपल ढले,पिपल पाती— भैली रि भैली
रायाकी छाती ,रया जमानु — भैली रि भैली
नन्नना घरको , चामले मानु — भैली रि भैली
ठूलोघर मनानु ,रितजनानू — भैली रि भैली
यई ठूला घरको ,बाखरो खानू — भैली रि भैली
छोहो वाखरी, छोटी न मोटी— भैली रि भैली
देउ सीय रोटी ,देउ सिय वार— भैली रि भैली
खेलहो विचार , खेल्ला मल्ला— भैली रि भैली
उरेली खेल्ला , काँडैमा विज्यो — भैली रि भैली
काँडो सुतल्ला , वारै पो लाग्यो — भैली रि भैली
भई भरी बार, भैलाका त्यार— भैली रि भैली
यही घरकी रानी,काँगैन पानी— भैली रि भैली
न खोला खेत,न वन बेत— भैली रि भैली
मागन हामी, आएका नईहुँ— भैली रि भैली
वर्ष दिनको ,रित जनाउन— भैली रि भैली
सिद्धि सुनाउन, आएका हामी— भैली रि भैली
जो देलो पैशा , उहीका वन भैसा— भैली रि भैली
जो देलो नाली, जलपुत्र पाली— भैली रि भैली
जो देलो केला, उईका काखी चेला— भैली रि भैली
जो देलो मानु ,उईको सुनको छानु— भैली रि भैली
दिन्छौ दिए,हमरोपैचो लिए — भैली रि भैली
यही कुन्डाजान्छीन,पोईय सुदाउछीन—भैली रि भैली
उई कुण्डाजान्छीन कतिदिउभन्छीन —भैली रि भैली
हमरो भाषा, हमरो धर्म— भैली रि भैली
संधै गरया, निकै कर्म — भैली रि भैली
चली जाओस, चौजुग नाँऊ— भैली रि भैली
वढीलेखि ज्ञानी वन्या— भैली रि भैली
अईतिरबडी ,नाम चलया— भैली रि भैली
वरपिपल जसा गजाईब रह्या— भैली रि भैली
दुवाकी चाखूरी जसा,पलाईब रह्या— भैली रि भैली
केलाकाथूमली जसा, मौलाईब रह्या— भैली रि भैली
हजारी फुल जसा , फुली रह्या— भैली रि भैली
हमरा माईतका, सुन जमरा— भैली रि भैली
पराय माईतका, जौका जमरा— भैली रि भैली
हमरा माईत जी जसी रह्या, अजम्मरु भया— भैली रि भैली
भैलो भित्र पस्यो ………………….

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.