PPL को फाइनल आज

PPL को फाइनल आज

कार्तिक २०, कास्की । नमस्ते पोखरा प्रिमियर लिगको फाइनलमा आज पोखरा पल्टन र चितवन राइनोज भिड्दै छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का चितवनको नेतृत्व सम्हालिरहेका छन् भने पोखराको कप्तानी शरद भेषवाकरले गरेका छन् । खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । पोखरा अंक तालिकाको शीर्ष स्थानमा रहँदै सिधै फाइनल पुगेको हो भने चितवनले आइतबार भएको एलिमिनेटरमा काठमाडौं रोयल्सलाई पराजित गरेको थियो ।

फ्रेन्चाइज लिगमा पारस र शरदको कप्तानीमा रहेको टोली तेस्रोपटक आमने–सामने हुँदैछन् । यसअघि धनगढी प्रिमियर लिगको पहिलो संस्करण र एभरेस्ट प्रिमियर लिगको पछिल्लो संस्करणमा पारसको टोली विजयी रहेको छ । खेलको अघिल्लो दिन सोमबार दुवै टोलीका कप्तानले साराङकोटमा माछापुच्छ्रेको अगाडि म्याच प्रेस कन्फरेन्समा ट्रफी बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.