सेतो ब्राउन सुगरसहित एक महिला पक्राउ

सेतो ब्राउन सुगरसहित एक महिला पक्राउ

आलोक यादव
कार्तिक १९ ,लहान। सिरहाको गोलबजारबाट लागूऔषध सेतो ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन्। इटहरी उपमहानगरपालिका १७ निवासी रुबी बेगम आइतबार राति सेतो ब्राउन सुगरसहित पक्राउ परेकी हुन्।

गोलबजार नगरपालिका ४ स्थित सडकमा चेकजाँचको क्रममा शंका लागेर खानतलासी गर्दा ६० मिलिग्राम ब्राउन सुगर फेला परेपछि उनलाई नियन्त्रणमा लिएको गोलबजार प्रहरीले जनाएको छ। उनको साथबाट ४० हजार ६०० नगद पनि बरामद भएको छ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.