इटालीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका नौ जनासहित १२ जनाको मृत्यु

इटालीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका नौ जनासहित १२ जनाको मृत्यु

कात्तिक,१९ इटाली ।इटालीको दक्षिणी शहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका नौजनासहित १२ जनाको मृत्यु भएको छ । एक साताको अवधिमा आँधी र बाढीका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

इटालीका विभिन्न छ क्षेत्रमा सम्भावित आँधीका कारण उच्च सतर्कता अपनाउन सरकारले नागरिकहरूलाई सचेत गराएको छ । मृतक एकै परिवारका नौ जनालाई पानीले डुबाएको घरभित्रबाट निकालिएको थियो भने अन्य तीन जनाको शव एउटा नदी किनारमा भेटिएको थियो ।इटलीयन समाचार संस्था अजीका अनुसार डुबानमा परेको उक्त घरका बाँकी तीन सदस्य भने रूखमा चढेर बाँच्न सफल भएका बताइएको छ । यही हप्ताको शुरुमा आएको आँधीका कारण सिसिलीमा सडक अबरुद्ध भएका छन् र नगरका मेयरले विद्यालय, पार्क र भूमिगत सडक मार्ग बन्द गर्न आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.