कम्युनिस्ट नेता पद्मरत्न तुलाधरको निधन

कम्युनिस्ट नेता पद्मरत्न तुलाधरको  निधन

कात्तिक ,१८काठमाडौं ।मानवअधिकारवादी पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको उनका ज्वाइँ गौरी प्रधानले जानकारी दिएका छन् ।
तुलाधरलाई नौ दिनअघि ब्रेन ह्यामरेजका कारण अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था झन् जटिल भएपछि नर्भिक अस्पताल सारियो। पछिल्लो समय उनलाई छातीमा संक्रमण देखिएको प्रधानले बताए। तुलाधरका श्रीमती निलशोभा तुलाधर, दुई छोरीरदुई छोरा छन्।

उनी राष्ट्रिय पञ्चायतमा बहुदल माग गर्दै आन्दोलन गर्ने नेताका रूपमा चिनिन्छन्। तुलाधर २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलोपटक भाग लिएका थिए। त्यो धेरै वामपन्थी नेताहरू जनपक्षीय उम्मेदवारका रूपमा निर्वाचनमा उठेका थिए। काठमाडौंबाट तुलाधरजस्तै झापाबाट द्रोणचार्य क्षेत्री, मकवानपुरबाट रुपचन्द्र विष्ट, चितवनबाट जागृतप्रसाद भेटवाललगायतले निर्वाचन जितेका थिए।

तुलाधरले पञ्चायत सरकारका गृहमन्त्रीसमेत रहेका जोगमेहर श्रेष्ठलाई हराएका थिए। सूर्य चिन्ह लिएर राष्ट्रिय पञ्चायतमा उठेका तुलाधरलाई वामपन्थी र प्रजातन्त्रवादीहरुको समर्थन थियो। सो चुनावमा काठमाडौंबाट तुलाधर र विमलमान सिंहले चुनाव जितेका थिए।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.