एक घर, एक स्काउट

एक घर, एक स्काउट

काठमाण्डौ । , नेपाल सम्बत् ११३९ र छठ् पर्वको अवसरमा स्काउटले  आफ्ना शुभचिन्तक र सदस्यहरुबीच शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गर्यो। उपस्थित सहभागीहरुले नेपाल शान्ति स्काउटले छोटो अवधिभित्रै राम्रा कामहरु गरेको भन्दै अझै उत्साहित भै शान्ति, सामाजिक तथा परोपकारी कार्यहरुलाई अझ सशक्त रुपमा अगाडि बढाउँदै लैजाने कुरामा आफूहरु एकजुट भएर लाग्ने भन्दै शुभकामना आदानप्रदान गरे।

कार्यक्रममा प्रमुख अतिथि तारकेस्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा ले परोपकारी तथा सामाजिक उत्थानका कार्यहरुमा नगरपालिका सहकार्य र सहयोग गर्न तयार रहेको कुरा बताए। रास्ट्रीय आयुक्त एम् पी मैनालीले विस्वमा १९०भन्दा बढी देशहरुमा स्काउटका संगठनहरु सक्रिय रहेका र सरकारले सहयोग गरेमा नेपालमा पनि स्काउटको अन्तररास्ट्रिय तालिम केन्द्र स्थापना गर्न सकिने जसबाट राष्ट्रलाई ठुलो फाइदा पुग्ने कुरा बताउनु भयो। त्यस्तै, अर्का रास्ट्रिय आयुक्त मिलन कार्कीले ससाना नानीहरुदेखि पाका उमेरका मानिसहरु पनि स्काउटमा आबद्ध गराउन सकिने जस्ले गर्दा शभ्य र सुसंकृत समाज निर्माणमा टेवा पुग्ने कुरा बताउनु भयो ।

 

 

 

भने संस्थापक तथा हालका प्रमुख आयुक्त सुधन मरासिनीले ‘एक घर एक स्काउट’ को अवधारणा ब्यक्त गर्नुभयो। समग्रमा स्काउटका अवधारणाहरुका निम्ति अति महत्त्वपूर्ण रहेको कुरा बताए। कार्यक्रमको अध्यक्षता सँगठनका अध्यक्ष अजित खड्काले गरेका थिए भने कार्यक्रम सन्चालन सचिव अंकित अधिकारि ले गरे।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.