जनकपुरधाममा नेपाल र भारत बीचको अन्तराष्ट्रिय रामायण मेला

जनकपुरधाममा नेपाल र भारत बीचको अन्तराष्ट्रिय रामायण मेला

आलोक यादव
कार्तिक ,१८ जनकपुरधाम ।अन्तराष्ट्रिय रामायण मेलाले नेपाल र भारतको दुई देश बीचको धार्मिक संस्कृतिको सम्बन्धलाई अझैं बलियो र कायम राख्न भारत सरकारले प्रत्येक वर्ष अन्तराष्ट्रिय रामायण मेलाको आयोजना गर्दै आएको छ । त्रेता युगमा भगवान सीता र राम बीच भएको विवाहलाई स्मरण गर्दै अन्तराष्ट्रिय रामायण मेलाको आयोजना गर्दै आएको छ । मेलामा विभिन्न देशका कलाकारहरु सहभागि हुने गरेको छ । यस वर्ष आयोजना गरेको अन्तराष्ट्रिय रामायण मेलामा नेपाल, भारत,श्रीलंका, थाइलैण्ड लगायतका देशका कलाकारहरु सहभागि भएका छन । भारतमा जारी अन्तराष्ट्रिय रामायण मेलामा भारत र नेपालका कलाकारहरुले मिथिलामा सीता र रामको विवाहलाई स्मरण गर्दै नाटक प्रस्तुत गरिएको थियो ।
राजर्षि जनकले जमीनमा हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको नाटकमा देखाएको छ । जन्म नदिए पनि पालनपोषण गर्ने राजाजनक सीताका पिता र सुनैना माता हुन् ।सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो । शूरवीरले उचाल्न नसक्ने शिवधनु पूजाकोठाको सरसफाइका बेला उनी सजिलै वर, पर राख्ने गर्थिन् ।। यही शक्ति देखेर नै जनकले शिवधनुमा ताँदो चढाउन सक्नेलाई छोरी दिने वाचा गरेका थिए । स्वयम्बरका बेलामा देशदेशावरबाट अनेक राजामहाराजा आए ।रावण पनि आएको थियो तर शिवधनु हल्लाउन समेत सकेन । अयोध्याबाट आएका रामले उचाल्नासाथ भाँचिनपुग्यो र धुमधामसाथ विवाह भयो ।

यो बिहेको सम्झना अद्यापि गरिँदैछ ।नाटकमा भगवान सीताको जन्म देखी विवाह र कोहवारसम्मको प्रसंगलाई नाटकमा जाडिएको छ । नेपालको तर्फबाट जनकपुरधामको ख्याति प्राप्त मिथिला नाट्यकला परिषद्९मिनाप० ले मैथिली गीती नाटक जानकी लीला प्रस्तुत गरिएको थियो । मिनापबाट २७ जना सहितको कलाकारहरुको टोलीले भारतको दिल्ली स्थित कमानी आँडिटोरियममा जानकी लीला गीती नाटक प्रस्तुत गरियो र शुक्रवार भारतको जयपुरमा नाटक प्रस्तुत गरेको मिनापका पूर्व अध्यक्ष सूनिल मल्लिकले जानकारी दिएका छन। नाटकमा सूनील मल्लिक, प्रमेश झा, मदन ठाकुर, गंगाकान्त झा, सुरेन्द्र राय, मुकेश ठाकुर, मुकेश झा, सन्नी राउत, धीरज ठाकुर, धीरज ठाकुर९बाल०,राजा राउत, बब्ल’ राउत, अनीता रानी मंडल,पूजा ठाकुर, माही खान, अर्पिता चौधरी९तम्न्ना०, सपना साह,सुनिता पासवान र सोनिया मंडलले नाटकमा अभिनय गरेको थियो ।

सो मैथिली गीती नाटकको गायनमा सुनिल मल्लिक, ललित कामत, नेहा प्रियदर्शनी र संगीता देव रहेको थियो भने वाद्ययवादनमा अनील झा, विरेन्द्र झा र ललन झा रहेको थियो । नाटकमा संगीत सुनिल मल्लिकको थियो भने निर्देशन प्रमेश झाले गरेको छ । नृत्य निर्देशन धीरज ठाकुर र सन्नी राउतले गरेको छ । नाटकको मुख्य भूमिकामा मुकेश ठाकुर, मुकेश झा, पुजा ठाकुर, अनीता रानी मंडल र धीरज ठाकुर९बाल० थियो । मिनापले पहिलो चरणको नाटक दिल्लीमा गरिसकेको छ भने दोस्रो चरणको नाटक शक्रवार भारतको जयपरमा गरेको मिनापका महासचिब शैलेन्द्र मल्लिकले जानकारी दिएका छन ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.