प्रमुख प्रतिपक्षी दलको बैठक मंसिरको पहिलाे साता नहुने, पछि धकेल्ने नेताहरुको तयारी

प्रमुख प्रतिपक्षी दलको बैठक मंसिरको पहिलाे साता नहुने, पछि धकेल्ने नेताहरुको तयारी

कात्तिक १८ ,काठमाडौँ ।मंसिर पहिलो साताका लागि तय गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक आवश्यक तयारी नपुगेको जनाउँदै मंसिर अन्तिम साताका लागि सार्ने तयारी गरिरहेको जनाइएको छ ।पार्टी सभापति शेरबहादुर देउवाले विधान संशोधनको विषय नटुंगिएको भन्दै दुई सातासम्म बैठक सार्न अनौपचारिक संवाद थालेका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र आफूनिकट नेताहरूसँग मंसिरभित्र नयाँ मिति तोक्ने गरी बैठक सार्नेबारे छलफल गरेको नेताहरूले बताएका छन् ।

सभापति देउवाले महासमिति बैठकको नयाँ तिथि तोक्नका लागि १९ या २० गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेका छन् । महासमिति बैठकमा पेस गर्ने प्रस्ताव केन्द्रीय समितिले पारित गर्नुपर्छ । तर शीर्ष नेताहरु आआफ्नै काममा व्यस्त हुँदा न प्रस्तावका विषयमा छलफल भएको छ न त केन्द्रीय समितिको मिति तय हुन सकेको छ ।कांग्रेस महामन्त्री शशांक कोइरालाका अनुसार प्राविधिक कारणले महासमितिको बैठक एकरदुई हप्ता पछाडि सर्ने सम्भावना रहेको हो ।

यसअघि महासमिति बैठक मङ्सिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने तय भएको थियो । बैठकमा पेस गर्ने राजनीतिक, आर्थिक तथा विधान मस्यादौसहितका प्रस्तावमाथि छलफल गर्न १०–१२ दिन लाग्नेछ । तर, विषयमा अहिलेसम्म छलफल भएको छैन ।बिहीबार पूर्वमहामन्त्री प्रकाशमान सिंह निवासमा सभापति देउवा इतरका नेताहरुको भेला भयो भने यता सभापति देउवानिकटका नेताहरु पनि महासमिति बैठक, पार्टी विधानसहितका विषयमा धारणा बनाउन छलफलमा बस्ने तयारीमा छन् ।

महासमिति बैठकका बारेमा कसैले मुख नखोले पनि तोकिएको मितिमा बैठक हुने सम्भावना नरहेको नेता गगन थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्