रामनगरमा दोषीलाई कारबाहीको माग राख्दै कांग्रेसद्वारा सर्लाही बन्द

रामनगरमा दोषीलाई कारबाहीको माग राख्दै कांग्रेसद्वारा सर्लाही बन्द

कात्तिक १८ ,सर्लाही । रामनगरमा भएको गोलीकाण्डलार्इ लिएर आज नेपाली कांग्रेस, सर्लाहीले जिल्ला बन्द गराएको छ । घटनाका दोषीलाई कारबाहीको माग राख्दै पीडितलाई क्षतिपूर्ति दिन र मृतकलार्इ सहिद घोषणा गर्न समेत माघ राखेको छ

कांग्रेसले शनिबार साँझ पनि विरोध प्रदर्शन गरेको थियो । शनिबार सदरमुकाम मलंगवासहित हरिवन, बागमती, लालबन्दीलगायतका स्थानमा मसाल जुलुस निकालिएको थियो । आज ९आइतबार० बिहानैदेखि जिल्ला ठप्प पारिएको कांग्रेसका जिल्ला सह सचिव डोरप्रसाद भट्टराईले जानकारी दिएका छन् । बिहान ११ बजेदेखि १ घण्टासम्म पूर्वपश्चिम राजमार्ग चक्काजाम समेत गरिएको बताए ।

गत मगंलबार रामनगर गोलीकाण्डमा परी ५५ वर्षीय रामविलास महतोको घट्नास्थलमै मृत्यु भएको थियो । महतो नेपाली कांग्रेसका कार्यकर्ता रहेको बताइएको छ । घटनामा ७ जना घाइते भएका थिए । कांग्रेसले घाइतेहरु सबैको निस्शुल्क उपचार गराउन समेत माग गरेको छ । सो घटनामा १५ भन्दा बढी घरमा तोडफोड समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.