‘मेरो माया कतारमा’मा भन्दै बर्षा राउतकाे हट डान्स

‘मेरो माया कतारमा’मा भन्दै बर्षा राउतकाे हट डान्स

कात्तिक, १८ काठमान्डौ ।पुर्‍नेन्दू झाको निर्देशनमा तयार भएको चौका दाउ चलचित्र पौषको २७ गतेबाट रिलिज हुन लागेको छ ।चलचित्र ‘चौका दाउ’मा समावेश ‘मेरो माया कतारमा’ नायिका बर्षा राउत र कलाकार अजश्र ढुंगाना रहेका छन ।। यस गीतमा शम्भुजित बास्कोटा र सुमन गुरुङको स्वर, श्रीपुरुष ढकालको शब्द छ ।

चलचित्रको यो गीतमा नायिका बर्षा राउत र कलाकार अजश्र ढुंगाना केमेष्ट्री देख्न सकिन्छ । साथमा, मुख्य कलाकारहरु सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, तैयब शाहको साथमा मोडल सोनिका केसीको कामुक नृत्य भिडियोमा देखाइएको छ ।

चलचित्रमा दिर्घ गुरुङको छायांकन, बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन छ । यो चलचित्रलाई कमेडी कथामा तयार पारिएको छ । चलचित्रमा सौर्यजित बास्कोटा र मनोजराज भण्डारीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्