९६ वर्षीय हजुरआमा आफ्नो ज्वाईँलाई पछि पार्दै ‘क्लास टपर’ बनिन्

९६ वर्षीय हजुरआमा आफ्नो ज्वाईँलाई पछि पार्दै ‘क्लास टपर’ बनिन्

कात्तिक १८, भारत । भारतको केरलामा ९६ वर्षीय हजुरआमाआफ्नो ज्वाईँलाई पछि पार्दै कक्षा तीनमा ‘क्लास टप गरकी हुन् । केरलामा साक्षरता कार्यक्रम अन्तर्गत भएको परीक्षामा ९८ प्रतिशत अंक ल्याउँदै उनी कक्षा टप गर्न सफल भएकी हुन् । उनका ज्वाईंले पनि तीन कक्षाको परीक्षा दिएका थिए तर सासूभन्दा १० नम्बर कम ल्याएर दोस्रो बनेका छन् ।

कार्तियानी भन्छिन्, ‘म र मेरा ज्वाईं दुवैले परीक्षा दिएका थियौं । तर उनले परीक्षामा उत्तर बिर्से । मैले सबै सही उत्तर दिएँ ।’ उनका ज्वाईंले मात्रै ८८ प्रतिशत ल्याएका छन् ।उनले भनीन कि ‘म अब पढिरहने छु । छिट्टै चार कक्षामा पुग्छु र म सय वर्ष हुँदा दश कक्षा पास भैसक्छु । त्यसपछि सरकारी जागिरखन्छु भन्ने उनको विचार छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.