प्रचारप्रसार नहुँदा प्रचुर सम्भावना बोकेको बर्जु ताल ओझेलमा

प्रचारप्रसार नहुँदा प्रचुर सम्भावना बोकेको बर्जु  ताल ओझेलमा

कात्तिक,१७ मोरङ । संघीय सरकारले सार्वजनिक गरेको १०० पर्यटकीय गन्तब्य स्थलको सूचीमा प्रदेश १ को ठूलो जलासययुक्त बर्जु ताल अटाएन ।प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट करिब ११ किलोमिटर पश्चिममा पर्छ बर्जुताल । पर्यटकीय सम्भावना बोकेको यो ताल १ सय ५० विगाहा जग्गामा फैलिएको छ । तालले ओगटेको क्षेत्र मध्ये करिब १ सय विगाहा जलासय छ ।

प्रचारप्रसार नहुँदा प्रचुर सम्भावना बोकेको ताल ओझेलमा परेको छ ।ओझेलमा रहेको ताललाई २०७३ सालमा नेपाली सेनाले सरसफाई गरी स्थानीयलाई हस्तान्तरण गरेको थियो । तीन करोड ६३ लाख बजेटमा सेनाले ताललाई व्यवस्थित बनाएपछि स्थानीय बालिम चौधरीको अध्यक्षतामा संरक्षण समितिले रेखदेख गर्दै आएको छ ।तालको बीच भागमा मन्दिर निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि नौका विहार गर्न डुंगा राखिएको छ भने चिल्ड्रेन पार्क निर्माणको चरणमा छ ।बर्जु सिमसार क्षेत्र पनि हो । बाह्रै महिना जमिन मुनिबाट पानी निस्किन्छ । सिमसारमा जलचर, थलचर प्राणीको वासस्थान पनि छ । हिउँदमा जाडो छल्न साइबेरियादेखि कोशी टप्पु आउने चरा बर्जु ताल पनि आउँछन् ।

वातावरण बिज्ञ रामचन्द्र अधिकारी जाडो छल्न साइबेरीयादेखि आउने चराहरु कोशी टप्पु हुँदै बर्जु तालसम्म पुग्ने गरेको अध्ययनबाट देखिएको बताउँछन् । उनी जलचर र अन्य प्रजातिका चराहरुको बासस्थान र ताल क्षेत्रमा विभिन्न प्रजातिका पुतलीहरु पनि रहेको बताउछन । ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.