म्याग्दीमा निस्शुल्क शिक्षाको व्यवस्था

म्याग्दीमा निस्शुल्क  शिक्षाको व्यवस्था

कात्तिक ,१७ म्याग्दी । केही महिनाअघि म्याग्दी, बेनीकी कक्षा ६ मा अध्ययनरत पूजा खत्रीले आर्थिक समस्याका कारण आफू विद्यायल आउन नसक्ने भन्दै प्रधानाध्यापकलाई लेखेको पत्र चर्चामा आयो  । त्यसपछि नगरपालिकाले गरिब तथा अति विपन्न बालबालिकाको शैक्षिक सुनिश्चितताका लागि कोष स्थापना गर्ने निर्णय गर्‍यो  ।

अति विपन्न तथा पारिवारिक विछोड र विचलनका कारण पढ्न नपाएका बालबालिकालाई पढाउन जनप्रतिनिधिले तलबबाट केही रकम कटाएर कोषमा जम्मा गर्ने उद्घोष गरे ।संवैधानिक प्रावधान बमोजिम सरकारले सबैलाई निस्शुल्क र अनिवार्य आधारभूत शिक्षाको व्यवस्था कार्यान्वयनमा ल्याउन खोजेको छ ।
ग्रामीण क्षेत्रमा विद्यालयको भौतिक पूर्वाधार दयनीय छ । विषयगत शिक्षक पनि हुँदैनन् । कतिपय क्षेत्रमा माध्यमिक शिक्षा पढ्न घन्टौं हिँड्नुपर्ने बाध्यता छ । घरपायक विद्यालय नहुँदा घरमै थन्किनुपर्ने विवशता धेरैको छ । यसप्रति सरकारको ध्यान गएको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.