धनुषामा डेढ दशक देखि दरबन्दी नमिल्दा विद्यालयको अवस्था

धनुषामा डेढ दशक देखि दरबन्दी नमिल्दा विद्यालयको अवस्था

आलोक यादव

कार्तिक१६, जनकपुर ।  जनकपुरधाममा तिनै तहका सरकारले सबैका लागि शिक्षामा हसज पहुँच आर्कषक नारा दिएपनि सामुदायिक बिद्यालयका शिक्षकहरु कामै नगरी सरकारी तलवभत्ता लिने गरेका छन । डेढ दशक देखि दरबन्दी मिलान हुन नसक्दा धनुषाका विद्यालयमा कतै शिक्षकनै छैन भने कतै विद्यार्थीभन्दा शिक्षक बढी छन्, जसले कामैनगरी तलवभत्ता पाइरहेका छन् ।प्रदेश नम्बर २ को मुकाम जनकपुरधाम देखि ३० किलोमिटर पुर्बमा पासवानहरुको बस्तीमा रहेको यो दलित जागरण राष्ट्रिय प्राथमिक बिद्यालय तिन महिना देखि बन्द छ । बिद्यालयमा शिक्षक नहुँदा पठनपाठन नै बन्द भएपछि धनुषाको कमला नगरपालिका वडा नम्बर ५ सलहेश टोलका १ सय ५० भन्दा बढि बालबालिकाहरु खेलकुद र गोठालामै समय बिताउन बाध्य रहेको स्थानीय रामबहादुर पाशवानको गुनासो छ ।
जानकपुरधाम शहर भित्रको बिद्यालयहरुको अबस्था भने फरक छ । शिक्षा नियामावलीमा तराईमा ५०, पहाडमा ४५ र हिमाली क्षेत्रमा ३० जना विद्यार्थी बराबर एकजना शिक्षक राख्ने प्रावधान छ । तर जनकपुरकोे जानकी मन्दिर र पगलाबाबा धर्मशाला नजिक रहेको सिताराम राप्रावि र राप्रावि दशरथ नगरका मात्र दुई विद्यालयमा ६० जना विद्यार्थीका लागि १२ जना शिक्षक खटाएको छ ।थोरै विद्यार्थीमा यति शिक्षक किन राखिएको छ भन्ने पश्न गर्दा राप्रावि दशरथनगरका प्रध्यानाध्यापक विन्देश्वर यादवले माथिबाट नै बढी शिक्षक पठाएको कारण राखिएको बताए ।

शिक्षक संघ–संगठनका अगुवा र राजनीतिक दलका नेतासंग निकट सम्बन्ध रहेका शिक्षक सदरमुकाम केन्द्रित हुँदा धनुषाका सामुदायिक विद्यालयको दरबन्दीमा ठुलो विभेद देखिएको छ । जसको कारण जनकपुरधाम नगरपालिका भित्रका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको अबस्था कयांै गुणा बढि रहेपनि अहिले सम्म दरबन्दी मिलान गरिएको छैन ।धनुषाका दुई सय ८६ वटा प्राथमिक विद्यालयमा १३ सय भन्दा बढि शिक्षक कार्यरत छन् । लामोसमयदेखि यस्तो व्यथिती रहेपनि विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी मिलान गरिएको छैन । जसले सामुदायिक विद्यालयको पठनपाठन नै प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.