बाख्रापालानबाट परिवारमा लाखौं आम्दानी

बाख्रापालानबाट परिवारमा लाखौं आम्दानी

कात्तिक १६ ,पथरी । मोरङ “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु रु” यो भनाइ हो – युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहनुभएका फणीन्द्रप्रसाद सुवेदीको ।

सुवेदी परिवारको खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ । दुई बुढाबुढी, कान्छो छोरो अनि एकजना सहयोगीका साथ बाख्रापालन गरिरहनुभएका सुवेदीको पहिलो भनाइ छ–“पैसा कमाउन खाडी गइरहनु नपर्ने रहेछ । उहाँले विसं २०७० को असारमा सुरु गर्नुभएको हो । बाख्रापालन व्यवसायले काम र दाम मात्र होइन सामाजिक सम्मान पनि दिइसकेको उहाँको भनाइ छ । अहिले सुवेदीको गोठमा १०० भन्दा बढी बाख्रापाठा छन् । स्थानीय जातका बाख्रामा उन्नत जातको बोको लगाएर उत्पादन गरिएका बोका–पाठीको माग धान्न उहाँलाई हम्मे–हम्मे छ ।

आफ्नै घरमा व्यवसाय गर्न छोरालाई बोलाएको सावित्राको भनाइ छ । उहाँहरूले अहिले धान रोप्न छोडेर एक बिगाहामा उन्नत जातको बाख्राको घाँस लगाउनु भएको छ । तीन वर्षको अवधिमा बाख्रापालनमा उहाँको रु १० लाख लगानी भइसकेको छ । तर, लगानी भएसँगै बोकापाठी बेचेर उहाँले झन्डै वार्षिक रु १५ लाख आम्दानी लिइसक्नु भएको छ । सय पचास माउ बाख्रा बनाउने लक्ष्यका साथ व्यवसायमा होमिनु भएका सुवेदी भन्नुहुन्छ– अहिले भएका बाख्रा र तीनवटा बोकाको न्यूनतम मूल्य नै रु पाँच लाखभन्दा धेरै हुन्छ ।

व्यवसाय गर्न छिमेकी गाविस बयरवन–१ हरकपुरको बालसूर्य बचत तथा ऋण सहकारी संस्था लिले युवा स्वरोजगार कोषको रु दुई लाख कर्जा उपलब्ध गराएको हो । सोही रकमलाई परिचालन गरी व्यवसाय सुरु गर्नु भएका सुवेदी आगामी दिनमा मासुको लागि खसी पनि पाल्ने सोचाइमा हुनुहुन्छ बोका–पाठीको माग धान्नै गाह्रो भएकाले हाललाई यही व्यवसाय विस्तार गर्ने उहाँले बताउनुभयो । जिउँदो बोका प्रतिकेजी रु एक हजार र पाठी प्रतिकेजी रु ७०० का दरले बिक्री गरिरहनु भएका सुवेदी आफ्नै गाउँमा अझै ८÷१० वटा फर्म सञ्चालन गर्नु पर्ने बताउनु हुन्छ । तीन महिनाको बोको २०÷२२ केजीको हुन्छ । यही मूल्यमा बेच्दा पनि एउटा बोकाको मूल्य सामान्यतया रु २० हजार पर्छ । उनले पैसा कमाउन विदेश गइरहनु नपर्ने तर्क दिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.