स्वस्तिमा र निश्चल ‘नाच फिरिरी’ बोलको गीतमा

स्वस्तिमा र निश्चल ‘नाच फिरिरी’ बोलको गीतमा

श्रावण १६, निर्देशक निश्चल बस्नेतले एक म्यूजिक भिडियोको निर्देशन गरेका छन् । साथै, भिडियोमा उनले अभिनय पनि गरेका छन् ।

‘नाच फिरिरी’ बोलको गीतमा निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्कालाई देख्न सकिन्छ । भिडियोलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । शिवराम श्रेष्ठ र सरोज श्रेष्ठले खिचेको भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् ।

महेश काफ्लेको स्वर, शब्द र संगीत रहेको गीतको भिडियोलाई युटुबमा रुचाइएको छ । मेलिना राइले महेशलाई गायकीमा साथ दिएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्