लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको संक्रमण बढ्दै

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको संक्रमण बढ्दै

कार्तिक, १५ काठमाडौं ।लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगनेपालमा सन् २००४ मा सबै भन्दा पहिला तराईका जिल्लामा देखिएको डेंगु अहिले पहाडी र हिमाली जिल्लाहरुमा देखिन थालेको छ ।नेपालमा प्रत्येक वर्ष ५० जना भन्दा धेरैको मृत्यु हुने गरेको छ । पछिल्ला वर्षहरुमा डेंगु प्रभावितको सङ्ख्या बढ्दै गएको छ ।

एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुका कारण नेपालमा वर्षेनी ४० देखि ६० जनाको मृत्यु हुने गरेको छ । साथै हरेक वर्ष ५ सय भन्दाबढि मानिस डेंगुबाट प्रभावित हुने गरेको ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । नेपालमा पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएकोमा चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।

डेंगुको लक्षणका विषयमा सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले भने, ‘डेंगुले संक्रमण गरेको हो भनेदेखि ४ देखि १० दिनभित्रमा लक्षण देखिन सुरु हुन्छ । सबैभन्दा पहिला ज्वरो आउने, टाउको दुख्ने आँखाको गेडि दुख्ने, आँखा रातो हुने, जोर्नीहरु दुख्ने हुन्छ ।’ संक्रमण बढ्दै गएपछि रक्तश्राव देखिने, पेट दुख्ने, वाकवाक लाग्ने, आलस्य हुने तथा बेहोस समेत हुनसक्ने उनले बताए ।जलवायु परिवर्तनका कारण तराई क्षेत्रमा देखिने डेंगु अहिले धादिङ, बाजुरा, बझाङ, पोखरा सहितका जिल्लाहरुमा पनि देखिन थालेको छ ।

डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले घरमा वा घर वरपर पानी जम्न दिनु हुँदैन । घर आँगन र करेसा सफासुग्घर बनाए लामखुट्टेको टोकाईबाट लाग्न सक्ने रोगहरुबाट जोगिन सकिने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.