पाल्पाका  युवाद्वारा गाईपालनबाट मासिक दुई लाख आम्दानी

पाल्पाका  युवाद्वारा गाईपालनबाट मासिक दुई लाख आम्दानी

कात्तिक १५,पाल्पा। पाल्पाको तानसेन नगरपालिका–१२ चिनारीका टीकाराम रेश्मीले मासिक रु ७० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।गाईपालन थालेपछि यहाँका युवाले मासिक रु ५० हजारदेखि रु दुई लाख आम्दानी गर्न सफल भएका छन् । विसं २०६७ मा साउदी अरबबाट फर्केर गाईपालन व्यवसाय शुरु गर्नुभएका रेश्मीसँग हाल १७ गाई छन् । दश गाई दुहुना छन् । गाईले दैनिक ५० लिटर दूध दिन्छ । दूध बेचेको आम्दानीले पाँच जनाको परिवारको खर्च चलेको छ । गाईपालनबाट रेश्मी परिवार सन्तृष्ट छ ।

चिनारीका रुकवीर रेश्मी बराइनबाट फर्केर २०६७ सालदेखि गाईपालन गर्दै आउनुभएको छ । उहाँले मासिक रु डेढ लाख आम्दानी गर्दै आउनुभएको छ । रेश्मीले भन्नुभयो, “गोठमा ३२ उन्नत जातका गाई छन् । दैनिक ११० लिटर दूध उत्पादन हुन्छ ।’ चिनारीकै देवीबहादुर रानाले साइप्रसबाट फर्केर गाईपालन थाल्नुभएको छ । एघार मध्ये पाँच गाईले दैनिक ३५ लिटर दूध दिन्छन् । मासिक रु दुई लाखसम्म आम्दानी हुन्छ।गाईपालनसँगै उहाँले बहुबाली खेती थाल्नुभएको छ । चिनारीबाट दैनिक ५५० लिटर दूध तानसेन खपत हुँदै आएको छ । मासिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी हुन थालेपछि युवा गाईपालनतर्फ आकर्षित भएका हुन् । चिनारीका ३० परिवारले गाईपालन गर्दै आएका छन् । सो व्यवसायबाट यहाँका युवाले मनग्य आम्दानी गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.