पीपीएल क्रिकेट प्रतियोगितामामा चितवनको दोस्रो जित

पीपीएल क्रिकेट प्रतियोगितामामा चितवनको दोस्रो जित

कार्तिक,१५ काठमाडौं ।पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई १३ रनले पराजित गरेको हो । १५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो ।पोखरा प्रिमियर लिग ९पीपीएल० क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ ।

काठमाडौंका लागि गौरभ टोमरले ३९, कप्तान ज्ञानेन्द्र मल्लले ३०, पवन सर्राफले २८ र जयक्रिसन कोल्सवालाले १८ रन बनाए ।कुनै बेला जित नजिक पुगेको काठमाडौंले अन्तिम ५ ओभरमा ४ विकेट गुमाएपछि हारबाट जोगिन सकेन । यता, चितवनले भने उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । चितवनका लागि हरिशंकर शाह ६० रन बनाए । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, स्मिथ पटेलले ३१ रन बनाउँदा अनिल कुमार शाहले २७ रन बनाए । त्यस्तै, कप्तान पारस खड्काले १४ र सुन्नी पटेलले १३ रन बनाए ।

जितपछि चितवनको पनि ४ खेलबाट ४ अंक भएको छ । यसअघि पहिलो र दोस्रो खेलमा चितवनले लगातार हार ब्यहोरेको थियो भने तेस्रो खेलमा र चौथो खेलमा जित निकाल्दै उपाधि होडलाई कायमै राखेको हो । यता, पहिलो पटक हार ब्यहोरेको काठमाडौं रोयल्सको पनि उपाधि होड कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.