सर्वसाधारणका लागि तामाकोशीको सेयर आजदेखि खुला

सर्वसाधारणका लागि तामाकोशीको सेयर  आजदेखि खुला

कार्तिक १५, चरिकोट । माथिल्लो तामाकोशीको १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि आजदेखि खुला भएको छ । आजबाट सर्वसाधारणका लागि सेयर निष्काशन खुला गरेको हो । आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कमपनीको विवरणपत्र नागरिक लगानीकोष नयाँ बानेश्वर र सनराइज क्यापिटल लिमिटेडबाट हेर्न सकिनेछ ।

आवेदन फारम भने सि—आस्वा बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन सकिनेछ । आवेदन दिने समय कात्तिक १९ गतेसम्म हो । यदि यस समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने मंसिर १४ गतेसम्म समय थप हुनेछ । माथिल्लो तामाकोशीले यस अघि दुई चरणमा सेयर निष्काशन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.