उखु किसानको ४६ करोड रकम नतिरेको अभियोगमा मिल्सका अग्रवाल पक्राउ

उखु किसानको ४६ करोड  रकम नतिरेको अभियोगमा मिल्सका अग्रवाल  पक्राउ

कात्तिक,१४ काठमाडौं । उखुको किसानको ४६ करोड भन्दा बढी रकम नतिरेको अभियोगमा अन्नपूर्ण सुगर मिल्सका मालिक राकेश अग्रवाललाई प्रहरीले त्रिपुरेश्वरस्थित उनकै निवासबाट पक्राउ गरेको छ ।अग्रवालले सञ्चालन गरेको सर्लाहीको अन्नपूर्ण सुगर मिल्स प्रालीले उखु किसानको ३८ लाख ६८ हजार बक्यौता नतिरेको उजुरी परेपछि पक्राउ गरिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।

अग्रवाललाई पक्राउ गरी बक्यौता तिराउन उखु किसानहरुले किटानी जाहेरी नै दिएका छन् ।दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पटक पटक ताकेता गर्दा पनि अग्रवाल सम्पर्कमा नआए थिएनन् ।किसानहरुले आन्दोलन गर्न थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आग्रहमा गृहले पक्राउ गर्न निर्देशन दिएको हो । उनीमाथि ठगि र सार्वजनिक अपराधको मुद्धा चल्न सक्ने प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.