भोलि देखि स्याङजामा प्याराग्लाइडिङ वल्र्डकप उद्धघाटन

भोलि देखि स्याङजामा प्याराग्लाइडिङ वल्र्डकप उद्धघाटन

कात्तिक १४, स्याङजा ।स्याङजामा भोलि देखि हुने प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी स्पोट ल्याण्डिङ वल्र्ड कप २०१८ को तयारी पूरा भएको छ । स्याङ्गजाको स्वरेक मैदान भिरकोट र डौंवाफाँटमा यही कार्तिक १५ गते बिहिबार देखि संचालन हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पूरा भएको प्रतियोगिता मुल आयोजक समितिले मंगलबार स्याङजामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
यही कार्तिक १८ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको स्थानिय देखि प्राविधिक हिसावले आवश्यक तयारी पुरा भएको मुल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङजाका प्रमुख सिता कुमारी सुन्दासले बताइन। पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ वटा स्वर्ण पदकका लागि प्रतिष्प्रर्धा हुने भएको उनले बताइन। अझै केहि राष्ट्रका प्याराग्लाइडिङ पाइलटहरुले आफ्नो नाम दर्ता गराउदै गरेको समेत उनले बताइन।

प्रतियोगितामा एक सय ५० जना सम्मका खेलाडीहरु सहभागि गराउन सकिने भएको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले बताए । उक्त प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न एफ।ए।आई। का प्रतिनिधिहरुको ३ सदस्य टोली समेत स्याङजा आउने भएको संघका महासचिव समेत रहेका संयोजक राउतले बताए । एफ।ए।आई। का प्रतिनिधिको रुपमा इण्डोनेसियाका उगा र मुनिर त्यसैगरी मलेसियाका नादिया स्याङजा आउन लागेका हुन। बिहिबार पोखराबाट ¥याली सहितको प्याराग्लाइडिङ टोली स्याङजा बोर्डर हुदै प्रतियोगिता स्थल जाने भएको छ । स्याङजाका विभिन्न टोल टोलमा टोलीलाई स्वागत सत्कार गर्न विभिन्न संघ संस्थाले तयारी समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस्