आधारहीन प्रचारबारे ओलीको भनाई

आधारहीन प्रचारबारे  ओलीको भनाई

कात्तिक, १४ काठमाडौं ।आज विहानको रिपोर्ट अनुसारसन्तोषजनक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सन्तोषजनक रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार वक्तव्य जारी गर्दै आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको समेत बताएका छन् ।
बुधबार बिहान गरिएका परीक्षणहरुमा रिपोर्ट सन्तोषजनक रहेको र स्वास्थ्यमा थप सुधार भएको अस्पतालले जारी गरेको छ ।छातिमा संक्रमण र श्वासप्रश्वासमा समस्या भएपछि ओलीलाई त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उनलाई कात्तिक १२ गते बिहान साढे चार बजेतिर अस्पताल लगिएको थियो ।

‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ । यसप्रकारको भ्रमक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।’ ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.