प्रकाश स्मृति कपको तयारी तिब्र

प्रकाश स्मृति कपको तयारी तिब्र

कार्तिक १४, चरिकोट । आगामी मंसिर १ गते देखि दोलखा सदरमुकाम चरिकोटमा आयोजना हुने प्रथम प्रकाश स्मृति कपको तयारी तिब्र गतिमा अगाडि बढिरहेको दोलखा जिल्ला फुटबल संघले जनाएको छ । मंसिर ७ गतेसम्म संचालन हुने सो प्रतियोगिताको लागि खेल्ने १२ वटा टिमको छनोट भईसकेको र मैदान व्यवस्थापनको काम पनि करिव ८० प्रतिसत सकिएको संघले जानकारी दिईएको छ ।
प्रतियोगिताको उद्घाटन, पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समापन स्व.प्रकाशकी धर्मपत्नी विना मगर द्धारा हुने प्रतियोगिताको संयोजन गरिरहेका मिन कुमार शिवाकोटीले जनाएका छ ।
प्रतियोगितामा प्रथम, द्धितिय ,तृतिय र सान्त्वना हुने टिमले क्रमशः २ लाख ५० हजार, १ लाख २५ हजार र ३०÷३० नगद तथा शिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजक संस्थाले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट किपर, डिफेन्डर, स्टाइकर, हाई स्कोरर, म्याद अफ दि टुर्नामेन्टलाई पनि जनहि नगद १० हजार तथा शिल्ड, मेडल र प्रमाण पत्र दिईने छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.