खुला भयो दोलखाबासीको लागि तामाकोशीको सेयर

खुला भयो दोलखाबासीको लागि तामाकोशीको सेयर

साउन १६, चरिकोट । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको दोलखाबासिका लागि छुट्याईएको सेयर आवेदन बुधवारबाट खुलेको छ । साउन १६ गतेदेखि भाद्र १४ गतेसम्म दोलखा र १० दिन भित्र अर्थात साउन १५ गतेसम्म काठमाडौंस्थित सनराई बैंक र यसका शाखा कार्यालयहरुबाट पनि सेयर आवेदन दिन सकिने व्यवस्था गरिएको छ । काठमाडौंमा किन १० दिनको मात्र समय तोकियो ? यसबारे केहि खुलाईएको छैन् । आज दोलखाको सदरमुकाम चरिकोटमा आयोजित एक विशेष कार्यक्रमकाबीच उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनद्धारा तामाकोशीको सेयर वितरण प्रकृया सुरु गरिएको हो ।

दोलखाबाट सेयर आवेदन फारम बुझाउन सकिने कार्यालय तथा बैंकहरु :

१. अपर तामाकोशीको आयोजानास्थल, गोंगर
२. लक्ष्मी बैँक लिमिटेड, चरिकोट
४. नेपाल ईन्भेष्टमेन्ट बैँक लि.सिगटी

५. कृषि बिकास बैँक, चरिकोट

६. सेन्चुरी कर्मसियल बैँक, जिरी
७. सिटिजन्स बैँक, चरिकोट
८. सेन्चुरी कर्मसियल बैँक, सिंगटी
९. मेघा बैँक, चरिकोट

१०. मेघा बैँक , मैनापोखरी

 ११. मेघा बैँक, बागखोर
१२. नविल बैँक लिमिटेड चरिकोट
१३. सेन्चुरी कर्मसियल बैँक, चरिकोट
१४. प्रभु बैँक लिमिटेड चरिकोट
१५. प्राईम कमर्सियल बैँक, जिरी

 १६. प्राईम कमर्सियल बैँक, मैनापोखरी
१७. राष्ट्रिय वाणिज्य बैँक, चरिकोट
१८.सानिमा बैँक, मेलुङ
१९.  एनएमबी बैँक, किर्नेटार
२०. नेपाल बैँक, चरिकोट
२१. एनआईसी एसिया बैँक,  चरिकोट
२२. नेपाल क्रेडिट एण्ड कमर्श बैँक, चरिकोट
२३. हिमालयन बैँक , गौरीशंकर
२४.  सिद्धार्थ बैँक , चरिकोट

काठमाण्डौ उपत्यकामा रहेका सनराइज बैंकका कार्यालयहरु :
सनराईज बैँक लिमिटेड, तिनकुने शाखा, सनराईज क्यापिटल लिमिटेड कमलपोखरी काठमाण्डौँ, सनराईज बैँक लिमिटेड न्युरोड, सनराईज बैँक लिमिटेड, सनराईज बैँक लिमिटेड बौद्ध , कालिमाटि, सनराईज बैँक लिमिटेड, चाबहिल , सनराईज बैँक लिमिटेड, भक्तपुर, सनराईज बैँक लिमिटेड, शंखमुल र सनराईज बैँक लिमिटेड, कलंकी, सनराईज बैँक लिमिटेड, गोठाटार र सनराईज बैँक लिमिटेड गाबाहाल ।
विदेशमा रहेका दोलखावासीहरुले तामाकोसी आयोजना, नागरिक लगानी कोष र सनराईज क्यापिटलको वेभसाईटवाट फाराम डाउनलोड गरी भर्न सक्ने छन् ।

सेयर भर्न आवश्यक पर्ने कागजातहरु :
१.दोलखा जिल्लाबाट जारी नागरिकता
२. एक प्रति फोटो
३. विवाह दर्ता
४. जन्म दर्ता
५ं. बसाईसराई भई आएको भए आयोजना सुरु हुनु अगावैको प्रमाण
६.बिवाह गरि अन्यन्त्रै गएपनि दोलखाकै नागरिकता भएको हुनु पर्ने
७.विदेशमा रहेका दोलखालीको हकमा अनलाइनबाट फाराम भरि आफन्तलाई पठाउन सकिने
८. परिवारको कुनै जनाको बैंक खाता

तीन प्रकारका सेयर आवेदन फाराम :

सेयर आवेदन फाराम तीन प्रकारका रहेका छन् । दोलखास्थित साविकको लामावगर र गौरीशंकर गाविसवासीले हरियो तथा ओराङ, बुलुङ, खारे, लादुक, लामिडाँडा, सुनखानी, सुन्द्रावती, सुस्पाक्षमावती, नाम्दु, गैरीमुदी, भिरकोट, जफे, मालु, शहरे र भीमेश्वर नगरपालिकाको साविकका वडा नम्वर १, २, ३, ४ र ७ वासीले निलो एवं भीमेश्वर नगरपालिकास्थित साविकका ५, ६, ८, ९, १०, ११, १२ र १३ नम्वर वडा र जिरी नगरपालिका सहित जिल्लाका अन्य स्थानमा स्थायीरुपले बस्नेहरुले कालो रङ्गको फारम भर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्