उपाध्यक्ष लाल भन्छन्– अध्यक्ष मण्डल अस्वीकार्य, सरकारलाई समर्थन जारी

उपाध्यक्ष लाल भन्छन्– अध्यक्ष मण्डल अस्वीकार्य, सरकारलाई समर्थन जारी

कात्तिक,१३ काठमाडौं । राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने र साथै राजपा ६ तिर मुख फर्काएर चल्न नसक्ने भन्दै अध्यक्ष मण्डल स्वीकार्य नहुने बताएका छन् ।

निर्वाचनका बेला प्रधानमन्त्रीमा राजपाले केपी शर्मा ओलीलाई मत दिएको थियो । त्यस हिसाबले राजपा सत्ता समर्थक दल हो । तर, आफूहरूले संविधान संशोधन गर्ने शर्तमा सरकारलाई समर्थन गरेको लाल बताउँछन् ।संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधनको आग्रह गरेको भए पनि त्यसलाई सरकारले आलटाल गरिरहेको उनको बुझाइ छ ।

वरिष्ठ उपाध्यक्ष लाल राजपाले अब अध्यक्ष मण्डललाई निरन्तरता दिन नहुने बताउँछदै प्रणालीले एकीकृत र बलियो बनाउन नसक्ने समेत उनको भनाई छ ।मधेस केन्द्रित ६ वटा दल एकीकरण भएर बनेको राजपा महाधिवेशनको तयारीमा छ । राजपाले निर्वाचन आयोगमा बुझाएको विधानमा अध्यक्ष मण्डललाई नै निरन्तरता दिने उल्लेख छ ।

उपाध्यक्ष लालले संघीय समाजवादी फोरम, नेपालले आफ्नो सबै एजेण्डा बिसाइसकेको बताएका छन् ।मधेसी, आदिवासी जनजातिको मत पाएर सत्तामा पुगेको पार्टी भए पनि फोरमले ती समुदायसँग सबन्धित मुद्दा उठाउन छाडेको लालको भनाइ छ फोरमले नचाहेकै कारण संविधान संशोधनको कुरा अगाडि बढ्न नसकेको लालको दाबी छ । उनी भन्छन्, ‘फोरम नै विपक्षमा भएकाले यो सरकारले हामीसँग गरेको सम्झौता अनुसार संविधान संशोधन गर्दैन भन्ने निश्कर्षमा पुगेका छौं ।’ भने

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.