सिरहामा २५ हजार गाँजाको बोट र अबैध मदिरा नष्ट

सिरहामा २५ हजार गाँजाको बोट र अबैध मदिरा नष्ट

आलोक यादव 
कार्तिक १३, सिराहा । सिराहाका विभिन्न स्थानमा लुकाईछिपाई लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई मिर्चैया प्रहरीले निरन्तरता दिएको छ।

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब निरिक्षक दिपेन्द्र शाहको कमाण्डमा २९ जनाको टोली, सशस्त्र प्रहरी वल वेस क्याम्प मिर्चैया सिरहाका कार्यालय प्रमुख स.प्र.ना.उ. को कमाण्डमा ११ जना गरी जम्मा ४० जनाको संयुक्त प्रहरी टोलीले जिल्ला सिरहा कर्जन्हा नगरपालिका–५, स्थितमा स्थानीय अंदाजि १०० परिवारका मानिसहरुले ३ बिगहा १० कठ्ठा करेसावारी तथा जग्गामा लगाएको अवैध गाँजाका २५ हजार बोट आगो लगाई नष्ट गरिएको हो । यस्तै, सोहि स्थानमा करिव ५०० लिटरअवैद्य मदिरा र ७ सय सलटर कच्चा पदार्थ गरिएको थियो ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस्