एउटै गाउँमा सात जनाको मृत्यु

एउटै गाउँमा सात जनाको मृत्यु

कातिक,१२ विराटनगर । चाडपर्वको समयमा मोरङको कानेपोखरी ६ र ४ मा पर्ने प्रणामी डाँडाचोक वरपर तीन साताको अवधीमा सात जनाको मृत्यु भएको छ ।निरन्तर मानिसको मृत्यु हुन थालेपछि स्थानीयबासी काल पल्किएको भन्दै त्रसित बनेका छन् । छिमेकमा भएको घटनाले किरियापुत्री कुर्नलाई पनि आलोपालो बस्नुपर्ने अवस्था आएको स्थानीयले बताए ।

स्थानीय शिक्षक भोला भट्टराईका अनुसार ७ बर्षकी बालिकादेखि ७१ वृद्धासम्मको मृत्यु भएको छ ।असोज १९ गत ६८ वषर्ीय अमरबहादुर दर्जीको मृत्यु भएको थियो । दर्जीको मृत्यु हुनभन्दा अघि छिमेकी ७१ बर्षकी मनमाया विश्वकर्माको मृत्यु भएको थियो ।

एउटै गाउँमा लगातार भएको मृत्युको श्रृङ्खलाले त्रास निम्त्याएको कानेपोखरी गाउपालिका(४ का वडा अध्यक्ष धनबहादुर राईले बताए । मृत्यु हुने केही कालगति, रोग र सर्पको टोकाइले रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.