महङ्गियो मखमली र सयपत्री फूल

महङ्गियो मखमली र सयपत्री फूल

कात्तिक ११, काठमाडौं ।यस व र्षको भाइटीका केही ढिला परेकाले पात्रो हेरेर फूल नरोप्नेहरु समस्यामा परेका छन् । सामान्यतः असारको अन्तिमतिर फूल रोप्ने गरिन्छ । तर, यसपालिको भाइटीका अघिल्लो वर्षको भन्दा १९ दिन ढिला भएकाले सयपत्री फुलेर पनि झर्न थालेको छ । यस वर्षको तिहारमा उपभोक्ताले एउटा मालामा १० देखि १५ प्रतिशतसम्म बढी मूल्य बढ्ने फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

व्यवसायीका अनुसार यसवर्ष मखमली र गोदावरीको फूलको माला आन्तरिक उत्पादनले धान्ने भएकाले नपुगेको सयपत्रीको माला १० प्रतिशत भारतीय बजारबाट ल्याउनै पर्ने बाध्यता छ । सयपत्रीको १२ लाख माला आन्तरिक उतपादनले नै धान्ने भएकाले माग रहेको १५ लाख मालामा ३ लाख माला भारतको कोलकत्ताबाट आयात गर्ने तयारी भएको पनि श्रेष्ठले बताए ।

सो आयात भएको माला प्रतिमिटर ५० रुपैयाँका दरले व्यवसायीले खरिद गर्ने र उपभोक्ताले ६५ देखि ७० रुपैयाँ प्रति मिटरका दरले खरिद गर्न पाउनेछन् । मखमलीको माला भने क्यानडा, अष्ट्रेलिया लगायतका मुलुकमा निर्यात गरिने समेत अध्यक्ष श्रेष्ठले भने ।

चालु आर्थिक बर्षको तीन महिनामा २१ करोड ३५ लाख ९४ हजार रुपैयाँ बराबरको फुल आयात भइसकेको भन्सार विभागले जनाएको छ । तिहारमा फुल तथा फूलका मालाको माग बढी हुने भएकाले यस्तो आयात अझै बढ्न सक्नेछ ।

यस पटकको तिहारमा २२ लाख माला ९१५ लाख सयपत्री र ७ लाख मखमली० खपत हुने फ्लोरिकल्चर एसोसिएसनको अनुमान छ । तिहार पाँच दिन सम्म मनाइन्छ । सयपत्रीको माला सबैभन्दा बढी खपत हुने दिन भनेको लक्ष्मी पुजाको दिन हो भने मखमलीको माला भाइटीकाको दिन बढी खपत हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.